नियम
पर्यटक भिसा

(१) नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई पर्यटक भिसा दिइनेछ ।
(२) पर्यटक भिसा एक भिसा वर्षमा बढीमा एकसय पचास दिनका लागि दिइनेछ ।
(३) एक भिसा वर्षमा जारी गरिएको भिसामा तोकिएको अवधि पूरा नगर्दै प्रस्थान गरेको पर्यटकले बांकी अवधि अर्को भिसा वर्षमा जोडी उपयोग गर्न पाउने छैन ।

(४) एक भिसा वर्षको अन्त्य तिर नेपाल प्रवेश गरी अर्को भिसा वर्षको पर्यटक भिसामा बस्न पाउने अवधि पनि कुनै विदेशीले उपभोग गर्न चाहेमा सो सुविधा निजले उपयोग गर्न सक्नेछ । तर त्यस्तो अवधिको दस्तुरको गणना भने निज बसेको कूल अवधिका आधारमा गरिनेछ ।
(५) पर्यटक भिसाको लागि अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।